![पशुपतिमा शालीनदीका व्रतालु [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/swasthani_pashupati_11_MBPx28IPlq.jpg)
एक महिने स्वस्थानी व्रतको परम्पराअनुसार व्रतालुहरूले परदेश यात्राअन्तर्गत आज बिहान पशुपतिमा पूजा गरेका छन् । बागमती नदीमा स्नान गरेर उनीहरूले नित्य पूजा गरेका हुन् । हिजो पशुपति आइपुगेका व्रतालुहरू आज फर्पिङ जानेछन् ।

पौष शुक्ल पूर्णिमादेखि शुरू हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ ।









