२५ असार २०८३, बिहीबार

विमानस्थलमा विद्या भण्डारी र झलनाथको जम्काभेट

माघ २६, २०८०
काठमाडौं
विमानस्थलमा विद्या भण्डारी र झलनाथको जम्काभेट
तस्वीरः निरु पालको फेसबुकबाट

पूर्वराष्ट्रपति विद्या भण्डारी र नेकपा एसका सम्मानित नेता झलनाथ खनालबीच विमानस्थलमा जम्काभेट भएको छ । विराटनगरमा जाने क्रममा उनीहरूबीच शुक्रवार बिहान त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा भेट भएको हो । 

न्युदृष्टि पत्रिकाको वार्षिकोत्सव तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी हुन भण्डारी विराटनगर जाँदै थिइन् । त्यसक्रममा भण्डारी र खनालबीच समान्य कुराकानी भएको हो ।
 
भण्डारी र खनाल दुवैजना नेपालमा वामपन्थी पार्टीहरूबीच एकता हुनुपर्ने धारणा राख्दै आएका छन् । गतवर्षको फागुनमा राष्ट्रपतिको कार्यकाल पूरा गरेकी भण्डारी शुक्रवार पहिलो पटक काठमाडौं बाहिरको कार्यक्रममा सहभागी हुन लागेकी हुन् । 

उनी शुक्रवार नै राजधानी फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ । विमानस्थलमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, धनकुटाका प्रतिनिधि सभा सदस्य राजेन्द्र राइ र एमाले नेत्री निरु पाल थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्