११ साउन २०८३, सोमबार

भिजिट भिसाको सेटिङ अन्त्य भएपछि अध्यागमनका कर्मचारी विमानस्थल जान मानेनन् : गृहमन्त्री श्रेष्ठ

माघ २६, २०८०
काठमाडौं
भिजिट भिसाको सेटिङ अन्त्य भएपछि अध्यागमनका कर्मचारी विमानस्थल जान मानेनन् : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कर्मचारी जान नमान्ने गरेका बताएका छन् ।​

शुक्रवार अध्यागमन विभागका नयाँ ई–भिसाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले अध्यागमनमा कर्मचारी जान मान्दैनन् । पहिला त्यहाँ जान लाइन हुन्थ्यो’, गृहमन्त्री श्रेष्ठले भने ।

अध्यागमनमा हुने भिजिट भिसाको सेटिङ, आर्थिक शोषणलगायतका विषयको अन्त्य भएपछि अध्यागमनमा कर्मचारी जान छाडेका मन्त्रीले श्रेष्ठको दाबी छ ।

‘त्यहाँ सेटिङमा काम गर्ने अध्यागमनका कर्मचारी, एयरपोर्टमा काम गर्ने प्रहरी, दलाल र अन्य कर्मचारीहरू जेलमा परेपछि अहिले त्यस्तो भएको हो', मन्त्री श्रेष्ठले भने ।

विमानस्थलमा जाने कर्मचारीका लागि नयाँ मापदण्ड लागू भएको उनले जानकारी दिए । त्यहाँ जाने कर्मचारीले आवश्यक पर्ने भाषालगायतका विषयमा तालिम गरेर जाने व्यवस्था गर्न लागेको मन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले अध्यागमनमा लाइन हुनुमा कर्मचारी अभाव एउटा कारण रहेको बताए । ‘एयरपोर्टमा जानका लागि अहिले एउटा पनि कर्मचारी नपाएर लाइन भएको हो', मन्त्री श्रेष्ठले दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्