
राष्ट्रपति रामचन्द्र पौडेलले शनिल नेपाललाई गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
यस्तै भरतराज पौडेल क्यानडाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले शुक्रवार नेपाल र पौडेल राजदूत नियुक्त गरेका हुन् ।
सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका थिए । सम्बन्धित देशले अग्रिमो पठाएपछि राष्ट्रपतिले राजदूत नियुक्त गरेका हुन् ।
सरकारले पोर्चुगलमा पहिलो पटक दूतावास खोल्ने निर्णय गर्दै नेपाललाई राजदूत नियुक्त गरेको हो । पौडेल यसअघि परराष्ट्र मन्त्रालयको सचिव थिए ।