२५ असार २०८३, बिहीबार

काठमाडौं आउँदै गरेको बस चितवनमा रोकिराखेको ट्रकसँग ठोक्कियो

माघ २७, २०८०
काठमाडौं
काठमाडौं आउँदै गरेको बस चितवनमा रोकिराखेको ट्रकसँग ठोक्कियो

चितवनमा बस दुर्घटना भएको छ । रौतहटबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–००६ ख २००४ नम्बरको बस गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–२ गड्यौलीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा २० जना घाइते भएका छन् । घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए ।

बस सडक छेउमा रोकिराखेको ट्रकको पछाडि ठोक्किएर दुर्घटना भएको हो ।

 

 

 

salt training

कमेन्ट गर्नुहोस्