२६ असार २०८३, शुक्रबार

नेपालविरुद्ध आक्रामक बनेका जोन्सन 'रनआउट'

माघ २७, २०८०
काठमाडौं
नेपालविरुद्ध आक्रामक बनेका जोन्सन 'रनआउट'

एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेका क्यानडाका ओपनर आरोन जोन्सन रनआउट भएका छन् । 

६५ बलमा ६२ रन बनाएर खेलिरहेका जोन्सनलाई भीम सार्की र आशिफ शेखले रनआउट गरेका हुन् ।
 
६२ रन बनाउने क्रममा जोन्सनले १० चौका र दुई छक्का प्रहार गरेका थिए । 

४६ रन हुँदा आकाश चन्दको बलमा सूर्य तामाङले उनको क्याच बाउन्ड्रीमा छोडेका थिए । २४ ओभरमा १४० रन बनाउँदा क्यानडाले २ विकेट गुमाएको छ ।

यसअघि सिनियर टिममा डेब्यु गरेका मिडियम पेश बलर आकाश चन्दले नवनीत धनिवाललाई आशिफ शेखबाट क्याचआउट गराएका थिए । धनिवाल ६० बलमा ४६ रन बनाएर आउट भए । चन्दले ओपनरद्वयको ९४ रनको साझेदारी तोडेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्