
अनिल साहले एकदिवसीय क्रिकेटमा नेपालका लागि क्यानडाविरुद्ध बनाएको अर्धशतकले नयाँ कीर्तिमान रचेको छ । एकदिवसीयमा नेपाली ब्याटरले हानेको छिटो अर्धशतकमा उनले नयाँ कीर्तिमान बनाएका हुन् ।
शनिवार जारी खेलमा अनिलले सबैभन्दा कम १९ बलमा ५० रन हानेका हुन् । यस क्रममा उनले ३ छक्का र ७ चौका प्रहार गरेका हुन् । उनले ४ रन मात्रै दौडिएर लिए । ५० रन बनाएलगत्तैको बलमा अनिल आउट हुन पुगे ।
यसअघि आशिफ शेखले पपुवा न्युगिनीविरुद्ध २१ बलमा अर्धशतक हानेर बनाएको नेपाली खेलाडीको कीर्तिमान अनिलले तोडेका हुन् ।
सबैभन्दा छिटो १६ बलमा दक्षिण अफ्रिकाका एबी डे भिल्लर्सले वेस्ट इण्डिजविरुद्ध अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।
टस जितेर ब्याटिङ गरेको क्यानडाले नेपाललाई २८६ रनका लक्ष्य दिएको थियो । नेपाल जवाफी लक्ष्य पछ्याउँदै २ विकेट गुमाएर खेलिरहेको छ । कप्तान रोहित पौडेल र देव खनाल खेलिरहेका छन् ।
१६ ओभरमा ८३ रन जोड्दा नेपालको २ विकेट गुमेको हो ।