२८ जेठ २०८३, बिहीबार
एकदिवसीय सिरिज

क्यानडाविरुद्ध कप्तान पौडेल र खनालले हाने अर्धशतक

माघ २७, २०८०
काठमाडौं
क्यानडाविरुद्ध कप्तान पौडेल र खनालले हाने अर्धशतक

एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालका कप्तान रोहित पौडेल र देव खनालले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । ​

पौडेलले ६७ बलमा अर्धशतक प्रहार गरेका हुन् ।

२८६ रनको लक्ष्य पछ्याउने क्रममा दुवैले अर्धशतक प्रहार गरेका हुन् । यस अघि ओपनर अनिल साहले १९ बलमा अर्धशतक प्रहार गरेका थिए । 

यस क्रममा पाैडेलले ३ छक्का र ४ चौका प्रहार गरे । 

खनालले भने ५६ बलमा अर्धशतक प्रहार गरे । उनले २ छक्का र ४ चौका प्रहार गरे ।

कीर्तिपुरमा भइरहेको खेलमा नेपाल क्यानडा विरुद्ध २८६ रन पछ्याइरहेको छ । नेपाल जीतबाट अब ११७ रनले टाढा छ ।

salt training

कमेन्ट गर्नुहोस्