०२ साउन २०८३, शनिबार

युक्रेनको खार्किभमा रुसी ड्रोन आक्रमणः ३ बालबालिकासहित ७ जनाको मृत्यु

माघ २७, २०८०
काठमाडौं
युक्रेनको खार्किभमा रुसी ड्रोन आक्रमणः ३ बालबालिकासहित ७ जनाको मृत्यु

किएभ– पूर्वी युक्रेनको खार्किभ शहरमा रहेको एक पेट्रोल पम्पमा शनिवार भएको रुसी ड्रोन आक्रमणमा परी ३ बालबालिकासहित ७ जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन् ।

‘खार्किभमा कब्जाधारीहरूले गरेको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ,’ ओलेग सिनेगुबोभले टेलिग्रामको सामाजिक सञ्जालमा भने । मृतकमध्ये क्रमशः ७ र ४ बर्ष र ६ महिनाका बालबालिका रहेका छन् ।  

खार्किभका मेयर इगोर टेरेखोभले आक्रमणका कारण इन्धन केन्द्रमा विस्फोट हुँदा नजिकैका घरहरूमा क्षति हुँदा घरभित्र रहेका कम्तीमा ५० जनालाई सुरक्षित स्थानमा सारिएको बताए । 

‘शत्रुको इरान निर्मित ड्रोनले पेट्रोल पम्पमा प्रहार गर्दा इन्धन विस्फोट भई १४ वटा निजी घरहरू जलेका छन्,’ उनले भने ।

खार्किभका क्षेत्रीय अभियोजक ओलेक्सान्डर फिलाचकोभले खार्किभको नेमिश्ल्यान्स्की जिल्लामा तीनवटा ड्रोन प्रहार गरिएको बताए । 

खार्किभ र क्षेत्रीय राजधानीको पूर्वमा रहेको एउटा गाउँमा रातको समयमा भएको आक्रमणपछि शनिबार पनि आक्रमणहरू भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्