
काठमाडौं, २१ असोज– चुनावी तालमेल र भावी रणनीति तय गर्न एमाले स्थायी समिति बैठक आज बस्दैछ ।
माओवादी केन्द्र र नयाँ शक्ति नेपालसहितका वाम घटकसँग गठबन्धन गरेको एमाले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्दै छ ।
पार्टी कार्यालय धुम्वाराहीमा बस्ने बठकले स्थानीय तहबाट सिफारिस भएका उम्मेदवारका विषयमा छलफल र टुंगोलगाउने छ ।