२५ जेठ २०८३, सोमबार

उषालाई राष्ट्रिय मुक्तक पुरस्कार

सुप्रिमले पाए बाल प्रतिभा पुरस्कार
माघ २८, २०८०
काठमाडौं
उषालाई राष्ट्रिय मुक्तक पुरस्कार

गण्डकी–  मुक्तक मञ्च पोखरामा स्थापित ‘राष्ट्रिय मुक्तक पुरस्कार–२०८०’ साहित्यकार उषा शेरचनलाई अर्पण गरिएको छ । रु ३३ हजार तीन सय ३३ राशिको सो पुरस्कार शनिवार आयोजित समारोहमा कलाकार दुर्गा बराल ‘वात्सायन’, साहित्यकार सरुभक्तलगायतले संयुक्तरूपमा शेरचनलाई हस्तान्तरण गरे ।

पोखरेली साहित्यकार अल्पबिरामले स्थापना गरेको उक्त पुरस्कार छैटौँपटकमा साहित्यकार शेरचनलाई प्रदान गरिएको हो । मुक्तक विधाको उन्नयनमा सिर्जनात्मक योगदान पुर्याएबापत उनलाई पुरस्कृत गरिएको मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले जानकारी दिए । शेरचनका मुक्तकसहित, कविता, गीत, कथा, उपन्यासलगायतका विधामा कृति र फुटकर रचना प्रकाशित छन् । 

मञ्चले यसअघि उक्त पुरस्कार साहित्यकार सरुभक्त, चेतन कार्की, तेजनाथ घिमिरे, रत्नशम्शेर थापालगायतलाई प्रदान गरिसकेको छ । विसं २०६८ देखि हरेक दुई वर्षको अन्तरमा उक्त पुरस्कार प्रदान गर्ने गरिएको अध्यक्ष आचार्यले बताए । मुक्तकको उत्थानमा मञ्च क्रियाशील रहँदै आएको छ ।

null

यस्तै पोखराको सरुभक्त केन्द्रद्वारा स्थापित रु ५० हजार राशिको ‘सरूभक्त राष्ट्रिय बाल प्रतिभा पुरस्कार–२०८०’ बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई अर्पण गर्दै गरियो । उनलाई शिक्षासेवी जर्ज जोन, संस्कृतिकर्मी तीर्थ श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्