३० जेठ २०८३, शनिबार

इमाडोल घटना : छोराछोरीको हत्या गरेर आत्महत्या गरेको प्रहरीको निष्कर्ष

माघ २८, २०८०
काठमाडौं
इमाडोल घटना : छोराछोरीको हत्या गरेर आत्महत्या गरेको प्रहरीको निष्कर्ष

​​​ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा आफ्ना २ सन्तानको हत्या गरेर आत्महत्या गरेको निष्कर्ष प्रहरीले निकालेको छ ।​​

रविना महर्जनले आफ्ना २ जना छोराछोरीको सिरानीले मुख थुनेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले बताए ।

‘प्रारम्भिक हेर्दा बच्चाहरूको सास फेर्न नपाएर मृत्यु भएको जस्तो देखिएको छ', एसपी कार्कीले लोकान्तरसँग भने । ​

उनका अनुसार बच्चाहरूको शरीरमा कुनै पनि चोट पटक लागेको देखिएको थिएन । प्रहरीले तीनै जनालाई किष्ट अस्पतालमा पुर्‍याएपछि मृत्यु भएको घोषणा भएको एसपी कार्कीले बताए ।

रविनाले आफ्नै घरबाट हाम फालेर आत्महत्या गरेकी थिइन् ।

उनका ६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिवा छुट्टाछुट्टै कोठामा अचेत अवस्थामा भेटिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्