यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा अस्ट्रेलियाले भारतसामु २५४ रनको चुनौती पेस गरेको छ ।
युवा टोलीको विश्वकप फाइनलमा अहिलेसम्मकै सर्वाधिक स्कोर बनाउने क्रममा अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन जोड्यो ।
अस्ट्रेलियाका लागि हर्जास सिंहले सर्वाधिक ५५ रन जोडे । भारतका राज लिम्बानीले सर्वाधिक ३ विकेट लिए ।
यो लक्ष्य पूरा गरेर यू१९ विश्वकपको इतिहासमा सबैभन्दा सफल रन चेज हुनेछ ।
नेपालले समेत सहभागिता जनाएको यो प्रतियोगितामा नेपालले पनि भारतीय टोलीसँग प्रतिस्पर्धा गरेको थियो ।