
तेस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले क्यानडाको दोस्रो विकेट लिएको छ । नेपालका लागि आकास चन्दले दोस्रो विकेट लिएका हुन् ।
उनले क्यानडाका श्रीमन्था विजेरत्नेलाई २२ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए ।
यसअघि हेमन्त धामीले डेब्यु विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो ।