
व्यवस्था परिवर्तन गर्न भन्दै आन्दोलन शुरू गरेका विवादास्पद व्यापारी दुर्गा प्रसाईले भोलिदेखि शुरू हुने दोस्रो चरणको कार्यक्रममा सहभागी हुन राप्रपालाई निम्तो दिएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेर प्रसाईले भोलिको कार्यक्रममा उपस्थित हुन आग्रह गरेका हुन् ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानको व्यानरमा प्रसाईले मंगलवार काठमाडौंको भृकुटीमण्डपमा विरोध कार्यक्रम राखेका छन् । प्रसाईले भोलिको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि बोलाएका थिए, तर ज्ञानेन्द आइतवार नै चितवन पुगिसकेका छन् ।
राजतन्त्र पुनर्स्थापनका लागि आन्दोलन गर्ने बताएका राप्रपा अध्यक्ष लिङदेनले पनि प्रसाईलाई कुनै जवाफ दिएनन् ।
प्रसाईले केही दिन पहिले पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई भेटेर निम्ता दिएका थिए ।
लिङदेनको कार्यक्रमलाई समर्थन गर्ने नगर्ने विषयलाई लिएर यसअघि राप्रपाभिव विवाद भएको थियो ।