२९ असार २०८३, सोमबार

कांग्रेससँगको गठबन्धन फापेन : प्रचण्ड

माघ २९, २०८०
काठमाडौं
कांग्रेससँगको गठबन्धन फापेन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसबाट धोका भएको बताएका छन् ।

कांग्रेसबाट भएको धोकाबारे गठबन्धनमा समेत छलफल भएको उनले बताए । 

काठमाडौंमा जारी पार्टी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा प्रचण्डले कांग्रेससँगको गठबन्धन नफापेको बताएका हुन् । ‘हामी इमानदार भएर कांग्रेसका सबै उम्मेदवार जिताइदियौं, कांग्रेसका तर्फबाट धोका भइरहेको छ’, प्रचण्डले भने । 

माघ ११  गते भएको राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशकी माओवादी उम्मेदवार पराजित भएकी थिइन् ।

फरक प्रसंगमा प्रचण्डले सर्वोच्च अदालतबाट फागुन १ गतेको सार्वजनिक बिदा खारेज भए पनि पार्टीले जनयुद्ध दिवस मनाउने बताए ।

salt training

कमेन्ट गर्नुहोस्