×

NMB BANK
NIC ASIA

सन्दर्भ- प्रणय दिवस

सेलिब्रिटीको प्रेम : केही जुटेर पनि छुटे, केही विवाहको तयारीमा

काठमाडाैं | फागुन २, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बुधबार प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे । विश्वभर प्रेम साटासाट गरेर यो दिवस मनाउने प्रचलन छ । नेपाली कलाकारिता क्षेत्रमा यस्ता थुप्रै सेलिब्रिटी छन्, जसले खुलेर प्रेम गरिरहेका छन् ।

Muktinath Bank

केहीले प्रेममा रहेर पनि गुपचुप राखिरहेका छन् । कोही प्रेममा परेर छुट्टिसकेका पनि छन् । कोही सेलिब्रिटीको भने प्रेम चर्चा शुरू भएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खुलेरै प्रेम सम्बन्धमा रहेकाहरू:


Advertisment
Nabil box
Kumari

सविन श्रेष्ठ–अनु शाह

Vianet communication
Laxmi Bank

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहले खुलेरै प्रेम गरिरहेका छन् । केही वर्षदेखि प्रेममा रहेका यी दुई सामाजिक सञ्जालमा पनि आफूहरूको सम्बन्ध खुलाउने गरेका छन् । उनीहरूको प्रेमलाई लिएर मिडियामा पनि बारम्बार चर्चा भइरहेको हुन्छ । केही साताअघि मात्रै मिडियासँगको कुराकानीमा अनुले आफूहरू आगामी वर्ष (२०८१)मा वैवाहिक सम्बन्धमा बाँधिने योजना रहेको बताएकी थिइन् । 

पूजा शर्मा र युद्ध बानियाँ

अभिनेत्री पूजा शर्मा विगत ३ वर्षदेखि व्यवसायी युद्ध बानियासँगको प्रेममा छिन् । यी दुईले खुलेरै प्रेम अभिव्यक्त गरिरहेका हुन्छन् । 

उनीहरूले झम्सिखेलमा ‘ट्याग’ नामको रेस्टुरेन्ट समेत सञ्चालनमा ल्याएका छन् । यी दुई आउँदो वर्ष विवाहको तयारीमा रहेको निकटस्थहरू बताउँछन् ।

आना शर्मा र सुशान्त केसी

अभिनेत्री आना शर्मा केही वर्षदेखि गायक सुशान्त केसीसँग अफेयरमा छिन् । यी दुई पनि खुलेरै प्रेम सम्बन्धलाई अभिव्यक्त गरिरहेका हुन्छन् । 

उनीहरूले घुमघाम गरेका तस्वीरहरू समेत सामाजिक सञ्जालमा शेयर गर्ने गरेका हुन्छन् । आना र सुशान्तले सहकार्य गरेको ‘सारंगी’बोलको गीत निकै चलेको थियो ।

आकाश श्रेष्ठ र करुणा श्रेष्ठ

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ केही वर्षदेखि प्रेम सम्बन्धमा छन् ।  उनीहरूले आफूहरूको सम्बन्धलाई सार्वजनिक रूपमा खुलेर भनेका भने छैनन् । आकाश र करुणाले केही म्युजिक भिडियोमा सहकार्य समेत गरेका छन् । 

अभिनेता सलिनमान बनियाँ

अभिनेता सलिनमान बनियाँ पनि प्रेममा छन् । यी चकलेटी अभिनेता लामो समयदेखि अस्प्रिना श्रेष्ठसँग प्रेममा रहेका हुन् ।

उनले केही वर्षअगाडि आफूहरूबीचको प्रेम सार्वजनिक गरेका थिए । सलिनमानले प्रेमिकाको जन्मदिनमा रिङ उपहार दिएको कुरा गसिपको विषय बनेको थियो । 

अञ्जली अधिकारी

मोडल अञ्जली अधिकारी प्रेममा छिन् भन्ने कुरा उनले सामाजिक सञ्जालमा राख्ने तस्वीरबाटै बुझ्न सकिन्छ । उनले प्रेमीसँगका तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् ।

यद्यपि, ती युवक को हुन् भन्नेबारे अञ्जलीले केही खुलाएकी छैनन् । उनीनिकट रहेकाहरूका अनुसार अञ्जली केही समयदेखि प्रेममा छिन् ।

प्रेमको विषयमा लोकान्तरसँगको कुराकानीमा अञ्जलीले समय आएपछि सबै कुरा आफैं जानकारी गराउने बताएकी थिइन् ।

जो छुट्टिन पुगे:

सौगात मल्ल र सृष्टि श्रेष्ठ

अभिनेता सौगात मल्ल र पूर्वमिस नेपाल एवं अभिनेत्री सृष्टि श्रेष्ठ सात वर्ष लामो प्रेममा थिए । उनीहरूले आफूहरूको प्रेमलाई लुकाएका पनि थिएनन् । 

लिभिङ टुगेदरमा रहेको र विवाहको योजना बनिसकेको कुरा समेत उनीहरूले खुलाएका थिए ।

यद्यपि, गत वर्ष यी दुई आफूहरूको प्रेम सम्बन्धलाई टुंग्याउँदै अलग हुने निर्णयमा पुगे । काममा फोकस हुनुपर्ने भएकाले आफूहरू अलग भएको सौगातले बताएका थिए । 

मेलिना राई

गायिका मेलिना राई एरेन्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग प्रेममा थिइन् । यी दुईले इन्गेजमेन्ट गर्दै विवाहको तयारी समेत गरेका थिए । 

गत वर्ष वैशाखमा मेलिनाले यो खबर सार्वजनिक गरेकी थिइन् । त्यसको चार महिनापछि भने मेलिनाले आफूले इन्गेजमेन्ट तोडेको भन्दै स्टाटस लेखेकी थिइन् । 

एलिना चौहान

गायिका एलिना चौहानको प्रेमको खबरले पनि सांगीतिक क्षेत्रमा राम्रै चर्चा पायो । उनी अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग प्रेममा थिइन् । 

यी दुईका टिकटक भिडियोलाई लिएर पनि राम्रै चर्चा हुने गरेको थियो । यद्यपि, अन्ततः एलिना र विष्णुको सम्बन्धमा दरार आयो ।

केही साताअघि मात्रै एलिनाको ‘ब्रेकअप’को खबर सार्वजनिक भएको थियो ।

जसको चर्चा चल्छ 

अनमोल केसी र जसिता गुरुङ

अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ प्रेम सम्बन्धमा रहेको चर्चा फिल्म वृत्तमा चल्न थालेको छ । यी दुईले पछिल्लो समय फिल्म ‘फर्की फर्की’मा सँगै काम गरेका थिए ।

null

जसिताले अनमोलको निकै केयर गर्ने गरेको गसिपहरू समेत सार्वजनिक भएका थिए । यद्यपि, यी दुईले प्रेमको विषयमा केही बोलेका भने छैनन् ।

महेश काफ्ले र अस्मिता अधिकारी

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी प्रेममा रहेको चर्चा सांगीतिक वृत्तमा हुने गरेको छ । केही गीतमा सहकार्य गरेका उनीहरूले केही कार्यक्रममा सँगै प्रस्तुति समेत दिएका छन् । यी दुईले आफूहरू असल साथी भएको बताउँदै आएका छन् । 

रचना रिमाल

गायिका रचना रिमाल प्रेममा रहेको चर्चा पछिल्लो समय सांगीतिक वृत्तमा हुन थालेको छ । उनी आफ्नो क्षेत्रभन्दा बाहिरका युवकसँग प्रेममा रहेको चर्चा हुने गरेको हो । यो विषयमा रचनाले भने केही खुलाएकी छैनन् । 

केही साताअघि मात्रै रचना राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट सम्मानित हुँदा समेत ती युवकले तस्वीर पोस्ट गर्दै बधाई दिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x