२२ जेठ २०८३, शुक्रबार
सन्दर्भ- प्रणय दिवस

सेलिब्रिटीको प्रेम : केही जुटेर पनि छुटे, केही विवाहको तयारीमा

फागुन २, २०८०
काठमाडौं
सेलिब्रिटीको प्रेम : केही जुटेर पनि छुटे, केही विवाहको तयारीमा

बुधबार प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे । विश्वभर प्रेम साटासाट गरेर यो दिवस मनाउने प्रचलन छ । नेपाली कलाकारिता क्षेत्रमा यस्ता थुप्रै सेलिब्रिटी छन्, जसले खुलेर प्रेम गरिरहेका छन् ।

केहीले प्रेममा रहेर पनि गुपचुप राखिरहेका छन् । कोही प्रेममा परेर छुट्टिसकेका पनि छन् । कोही सेलिब्रिटीको भने प्रेम चर्चा शुरू भएको छ ।  

खुलेरै प्रेम सम्बन्धमा रहेकाहरू:

सविन श्रेष्ठ–अनु शाह

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहले खुलेरै प्रेम गरिरहेका छन् । केही वर्षदेखि प्रेममा रहेका यी दुई सामाजिक सञ्जालमा पनि आफूहरूको सम्बन्ध खुलाउने गरेका छन् । उनीहरूको प्रेमलाई लिएर मिडियामा पनि बारम्बार चर्चा भइरहेको हुन्छ । केही साताअघि मात्रै मिडियासँगको कुराकानीमा अनुले आफूहरू आगामी वर्ष (२०८१)मा वैवाहिक सम्बन्धमा बाँधिने योजना रहेको बताएकी थिइन् । 

पूजा शर्मा र युद्ध बानियाँ

अभिनेत्री पूजा शर्मा विगत ३ वर्षदेखि व्यवसायी युद्ध बानियासँगको प्रेममा छिन् । यी दुईले खुलेरै प्रेम अभिव्यक्त गरिरहेका हुन्छन् । 

उनीहरूले झम्सिखेलमा ‘ट्याग’ नामको रेस्टुरेन्ट समेत सञ्चालनमा ल्याएका छन् । यी दुई आउँदो वर्ष विवाहको तयारीमा रहेको निकटस्थहरू बताउँछन् ।

आना शर्मा र सुशान्त केसी

अभिनेत्री आना शर्मा केही वर्षदेखि गायक सुशान्त केसीसँग अफेयरमा छिन् । यी दुई पनि खुलेरै प्रेम सम्बन्धलाई अभिव्यक्त गरिरहेका हुन्छन् । 

उनीहरूले घुमघाम गरेका तस्वीरहरू समेत सामाजिक सञ्जालमा शेयर गर्ने गरेका हुन्छन् । आना र सुशान्तले सहकार्य गरेको ‘सारंगी’बोलको गीत निकै चलेको थियो ।

आकाश श्रेष्ठ र करुणा श्रेष्ठ

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ केही वर्षदेखि प्रेम सम्बन्धमा छन् ।  उनीहरूले आफूहरूको सम्बन्धलाई सार्वजनिक रूपमा खुलेर भनेका भने छैनन् । आकाश र करुणाले केही म्युजिक भिडियोमा सहकार्य समेत गरेका छन् । 

अभिनेता सलिनमान बनियाँ

अभिनेता सलिनमान बनियाँ पनि प्रेममा छन् । यी चकलेटी अभिनेता लामो समयदेखि अस्प्रिना श्रेष्ठसँग प्रेममा रहेका हुन् ।

उनले केही वर्षअगाडि आफूहरूबीचको प्रेम सार्वजनिक गरेका थिए । सलिनमानले प्रेमिकाको जन्मदिनमा रिङ उपहार दिएको कुरा गसिपको विषय बनेको थियो । 

अञ्जली अधिकारी

मोडल अञ्जली अधिकारी प्रेममा छिन् भन्ने कुरा उनले सामाजिक सञ्जालमा राख्ने तस्वीरबाटै बुझ्न सकिन्छ । उनले प्रेमीसँगका तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् ।

यद्यपि, ती युवक को हुन् भन्नेबारे अञ्जलीले केही खुलाएकी छैनन् । उनीनिकट रहेकाहरूका अनुसार अञ्जली केही समयदेखि प्रेममा छिन् ।

प्रेमको विषयमा लोकान्तरसँगको कुराकानीमा अञ्जलीले समय आएपछि सबै कुरा आफैं जानकारी गराउने बताएकी थिइन् ।

जो छुट्टिन पुगे:

सौगात मल्ल र सृष्टि श्रेष्ठ

अभिनेता सौगात मल्ल र पूर्वमिस नेपाल एवं अभिनेत्री सृष्टि श्रेष्ठ सात वर्ष लामो प्रेममा थिए । उनीहरूले आफूहरूको प्रेमलाई लुकाएका पनि थिएनन् । 

लिभिङ टुगेदरमा रहेको र विवाहको योजना बनिसकेको कुरा समेत उनीहरूले खुलाएका थिए ।

यद्यपि, गत वर्ष यी दुई आफूहरूको प्रेम सम्बन्धलाई टुंग्याउँदै अलग हुने निर्णयमा पुगे । काममा फोकस हुनुपर्ने भएकाले आफूहरू अलग भएको सौगातले बताएका थिए । 

मेलिना राई

गायिका मेलिना राई एरेन्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग प्रेममा थिइन् । यी दुईले इन्गेजमेन्ट गर्दै विवाहको तयारी समेत गरेका थिए । 

गत वर्ष वैशाखमा मेलिनाले यो खबर सार्वजनिक गरेकी थिइन् । त्यसको चार महिनापछि भने मेलिनाले आफूले इन्गेजमेन्ट तोडेको भन्दै स्टाटस लेखेकी थिइन् । 

एलिना चौहान

गायिका एलिना चौहानको प्रेमको खबरले पनि सांगीतिक क्षेत्रमा राम्रै चर्चा पायो । उनी अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग प्रेममा थिइन् । 

यी दुईका टिकटक भिडियोलाई लिएर पनि राम्रै चर्चा हुने गरेको थियो । यद्यपि, अन्ततः एलिना र विष्णुको सम्बन्धमा दरार आयो ।

केही साताअघि मात्रै एलिनाको ‘ब्रेकअप’को खबर सार्वजनिक भएको थियो ।

जसको चर्चा चल्छ 

अनमोल केसी र जसिता गुरुङ

अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ प्रेम सम्बन्धमा रहेको चर्चा फिल्म वृत्तमा चल्न थालेको छ । यी दुईले पछिल्लो समय फिल्म ‘फर्की फर्की’मा सँगै काम गरेका थिए ।

null

जसिताले अनमोलको निकै केयर गर्ने गरेको गसिपहरू समेत सार्वजनिक भएका थिए । यद्यपि, यी दुईले प्रेमको विषयमा केही बोलेका भने छैनन् ।

महेश काफ्ले र अस्मिता अधिकारी

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी प्रेममा रहेको चर्चा सांगीतिक वृत्तमा हुने गरेको छ । केही गीतमा सहकार्य गरेका उनीहरूले केही कार्यक्रममा सँगै प्रस्तुति समेत दिएका छन् । यी दुईले आफूहरू असल साथी भएको बताउँदै आएका छन् । 

रचना रिमाल

गायिका रचना रिमाल प्रेममा रहेको चर्चा पछिल्लो समय सांगीतिक वृत्तमा हुन थालेको छ । उनी आफ्नो क्षेत्रभन्दा बाहिरका युवकसँग प्रेममा रहेको चर्चा हुने गरेको हो । यो विषयमा रचनाले भने केही खुलाएकी छैनन् । 

केही साताअघि मात्रै रचना राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट सम्मानित हुँदा समेत ती युवकले तस्वीर पोस्ट गर्दै बधाई दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्