२३ असार २०८३, मंगलबार

डोल्पा काँग्रेसमा किचलो, समूहगत हिसाबमा उम्मेद्वार सिफारिस

कात्तिक २०, २०७४
डोल्पा काँग्रेसमा किचलो, समूहगत हिसाबमा उम्मेद्वार सिफारिस

डोल्पा, २१ असोज - गुट–उपगुटमा विभक्त नेपाली काँग्रेस, डोल्पामा पछिल्लो समयमा आन्तरिक विवाद चुलिँदै गएको छ ।congress

तेह्रौ महाधिवेशनबाट निर्वाचित वर्तमान जिल्ला कार्य समिति अवैधानिक भएको भन्दै वर्तमान जिल्ला कार्यसमिति र पूर्व पार्टी सभापति टंकप्रसाद उपाध्याय पक्षधरबीच पटक पटक भइरहेको विवाद कायमै छ ।

डोल्पा काँग्रेसका प्रमुख नेताबीच आन्तरिक विवाद चुलिँदै गर्दा संघ र प्रदेशका उम्मेदवार पनि समूहगत हिसाबमा सिफारिस गरेका छन् ।

यहाँबाट दुईवटा प्रदेश र एउटा संघको चुनावका लागि जिल्ला कार्यसमितिको निर्णयअनुसार क्षेत्र नं १ बाट वेगमसिंह ठकुरी र क्षेत्र नंं २ बाट कर्णबहादुर बुढालाई प्रदेशको उम्मेद्वारको रुपमा केन्द्रमा सिफारिस गरिएको पार्टी सभापति अंगतकुमार बुढाले जानकारी दिए ।


जिल्ला कार्यसमितिको निर्णयलाई बेवास्ता गर्दै जिल्ला पार्टी सचिवसहितको प्यानलले पार्टी सभापतिले गरेको निर्णयप्रति पार्टी सचिव जयनन्द उपाध्याय, पूर्व पार्टी सभापति टंकप्रसाद उपाध्याय लगायतले सामूहिक असहमति जनाउँदै आफ्नै हिसावमा उम्मेदवार सिफारिस गरेकोे छ ।

उक्त समूहले प्रतिनिधिसभाका लागि दीलबहादुर विष्ट र सुरेश शाहीको नाम केन्द्रमा सिफारिस गरेको छ ।

त्यस्तै, सो समूहले १ नम्बर क्षेत्रबाट मीनकुमार शाही, २ नं बाट पार्टीका पूर्वसभापति टंकप्रसाद उपाध्यायको नाम प्रदेशमा सिफारिस गरेर केन्द्रमा पठाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्