
सरकारले आगामी वर्ष २०८१ को सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । २०८१ सालको सार्वजनिक र पर्व बिदाहरूको सूची बुधवार गृह मन्त्रालयले सार्वजनिक गरेको हो ।
वर्षभरि हुने ५३ शनिवारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरिएको गृहले जनाएको छ ।
राजपत्रमा प्रकाशित उक्त बिदाको सूचीअनुसार २७ दिन पर्व बिदा परेको छ भने ६ वटा दिवस बिदा रहेका छन् । यस्तै २ वटा जन्म जयन्ती बिदा छन्
यीबाहेक उपत्यका र सम्बन्धित धर्मावलम्बीका बिदाको सूची पनि छुट्टाछुट्टै रहेको छ ।
आगामी २०८१ साल मुलुकभर दिइने सार्वजनिक बिदामा वैशाख १ गते नयाँ वर्ष, वैशाख ५ गते रामनवमी, वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १० गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ ।
जेठ १५ गते गणतन्त्र दिवसको दिन सदाझै बिदा दिइएको छ ।
हेरौं बिदाको सूचीः