३१ असार २०८३, बुधबार

ललिता निवास प्रकरण : फैसला सुन्न लौरो टेकेर अदालत पुगे ८६ वर्षीय चन्द्रदेव जोशी

फागुन २, २०८०
काठमाडौं
ललिता निवास प्रकरण : फैसला सुन्न लौरो टेकेर अदालत पुगे ८६ वर्षीय चन्द्रदेव जोशी

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दाको फैसला सुन्न पूर्वमन्त्री चन्द्रदेव जोशी विशेष अदालत पुगेका छन्।

सरकारी जग्गा व्यक्तिका नाममा गरेर भ्रष्टाचार गरेको मुद्दाको आज फैसला आउने भएपछि उनी अदालत पुगेका हुन् ।

८६ वर्षीय जोशी लौरो टेकेर विशेषमा पुगेका छन् ।

ललिता निवास जग्गा प्रकरणको मुद्दामा पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री जोशी पनि प्रतिवादी छन् ।

बहस जारी भएदेखि नै नियमित झैं अदालत पुग्ने गरेका जोशी भने फैसला सुन्न विशेष अदालत पुगेका हुन् । ललिता निवास प्रकरणमा बहस सम्पन्न भएपछि बुधवार नै फैसला आउन लागेको हो ।​​​​

चित्रगुप्तले भाग्यमा जे लेखेको होला त्यही हुने भन्दै न्यायाधीशहरूले आफूमाथि न्याय गर्नेमा विश्वस्त रहेको उनले पत्रकारहरूलाई प्रतिक्रिया दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्