१० साउन २०८३, आइतबार

कांग्रेसमा तयार भयो ५६ पृष्ठको नीति प्रस्ताव

फागुन २, २०८०
काठमाडौं
कांग्रेसमा तयार भयो ५६ पृष्ठको नीति प्रस्ताव

नेपाली कांग्रेसले फागुन ७ गतेदेखि शुरू हुन लागेको महासमिति बैठकमा प्रस्तुत हुने ५६ पृष्ठको नीति प्रस्ताव तयार भएको छ ।

उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्ने राजनीतिक, आर्थिक, सामाजिकसहितका गतिविधिसहितका विषय समेटिएको प्रस्ताव तयार भएको  प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

महासमितिका लागि 'राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता, स्वतन्त्रता न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता' भन्ने नारा तय भएको उनले जानकारी दिए ।

नीति प्रस्तावबाहेक महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दैछन् । यी प्रस्ताव पनि अन्तिम चरणमा पुगेका छन् ।

यी सबै प्रस्तावलाई अनुमोदन गर्नका लागि बिहीवार कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । 

फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमिति बैठकमा २ हजार ३ सय प्रतिनिधि सहभागी हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्