२७ जेठ २०८३, बुधबार

३५ किलो चरेशसहित दुई जना पक्राउ

फागुन २, २०८०
काठमाडौं
३५ किलो चरेशसहित दुई जना पक्राउ

बाराको     जितपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध चरेश करिब ३५ किलोसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बरेध दिपाद कोतवाली बस्ने ४२ वर्षीय साफिर अली र  सोही ठाउँ बस्ने ४४ वर्षीय मोहमद अबजाल रहेका छन् ।
ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको यूपी ३२ एनएम ४४७६ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई राखेको उक्त चरेश फेला पारी कार चालक साफिर र कारमा सवार मोहमदलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्