०६ असार २०८३, शनिबार
मध्यराति बस दुर्घटना

कपिलवस्तु बस दुर्घटना: मृतकको संख्या १० पुग्यो, घाइते नौ जनालाई बुटवल ‘रिफर’ गरियो [अपडेट]

फागुन ३, २०८०
बुटवल
कपिलवस्तु बस दुर्घटना: मृतकको संख्या १० पुग्यो, घाइते नौ जनालाई बुटवल ‘रिफर’ गरियो [अपडेट]

कपिलबस्तु बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ । दुर्घटनामा हालसम्म १० जनाको मृत्यु पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवरत्न पौडेलले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार मृतकको सनाखत भइसकेको छैन । 

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुप ०२–००१ ख ००९८ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तु शिवराज नगरपालिका-१ सुरइना खोलामा गएराति दुर्घटना भएको थियो । 

दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

उनका अनुसार मृतकको शव चन्द्रौटास्थित आधारभूत हस्पिटलमा राखिएको छ । ‘रेस्क्यूको काम सकियो’ कपिलवस्तु ट्राफिक प्रहरी प्रमुख अनिष भण्डारीले भने, ‘९ जना घाइतेलाई थप उपचारको लागि बुटवल पठाइएको छ । अन्य २० जनाको कपिलवस्तुमै उपचार भइरहेको छ ।'

तीब्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

salt training

कमेन्ट गर्नुहोस्