२७ जेठ २०८३, बुधबार

एक साताभित्र त्रिवि उपकुलपतिको नाम सिफारिस गर्ने तयारी

फागुन ३, २०८०
काठमाडौं
एक साताभित्र त्रिवि उपकुलपतिको नाम सिफारिस गर्ने तयारी

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि छनोटमा परेका १४ जनाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण सकिएको छ।

सिफारिस समितिका सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारीले बुधबारबाट प्रस्तुतीकरण सकिएको जानकारी दिँदै भने– ‘हिजो बुधबार ३ बजेदेखि ५ जनाको प्रस्तुतीकरण सक्यौं, अब केही दिनपछि अन्तर्वार्ताको प्रक्रिया शुरू गर्नेछौं ।’ मन्त्रालयले एक साताभित्र नाम सिफारिस गर्ने तयारी गरेको बताइएको छ ।

सिफारिस समितिका संयोजक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई राजधानीमा नभएको कारण अन्तर्वार्ताको मिति तय हुन नसकेको खबर नेपाल समाचारपत्रमा छँपिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्