२९ असार २०८३, सोमबार
बस दुर्घटना अपडेट

कपिलवस्तु बस दुर्घटना: मृत्यु हुनेमा सात पुरुष र तीन महिला, तीन जनाको सनाखत

फागुन ३, २०८०
बुटवल
कपिलवस्तु बस दुर्घटना: मृत्यु हुनेमा सात पुरुष र तीन महिला, तीन जनाको सनाखत

कपिलवस्तुमा भएको यात्रुबाहक बस दुर्घटनाका मृतक १० मध्ये ३ जनाको सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा रौतहटको औराही-३ का ४६ वर्षीय नारयाणबहादुर भण्डारी, सल्यानको कालीजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको कपिलवस्तु प्रहरी प्रमुख नवराज एसपी नवरत्न पौडेलले जानकारी दिए । 

महाकाली यातायातको सु–प– प्र–०२–००१ ख ००९८ नम्बरको बस गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकास्थित बाटोबाट २ सय मिटर तल सुरइना खोलामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा हालसम्म १० जनाको मृत्यु पुष्टि भएको छ भने ३० जना घाइते भएका छन् । 

मृत्यु हुनेमा ७ पुरुष र ३ महिला रहेको पौडेलले बताए । अन्य ७ जनाको अझैसम्म सनाखत हुन सकेको छैन । घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी आधारभूत स्वास्थ्य केन्द्र अस्पताल र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । ६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

तीव्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्