
आईसीसी विश्वकप लिग-२ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता प्राप्त भएको छ । नेपालका लागि ललित राजवंशीले नामिबियाको विकेट लिएका हुन् ।
उनले नामिबियाका ओपनिङ ब्याटर निकोलास डेभिनलाई १५ रनमा कुशल भुर्तेलबाट क्याच गराए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४१.१ ओभरमा १३२ रनमा अलआउट भएको थियो ।