०६ साउन २०८३, बुधबार
कांग्रेसमा महाधिवेशन बहस

कांग्रेसको १५ औं महाधिवेशन २०८२ मंसिरभित्र गर्न गगन थापाको प्रस्ताव

फागुन ३, २०८०
काठमाडौं
कांग्रेसको १५ औं महाधिवेशन २०८२ मंसिरभित्र गर्न गगन थापाको प्रस्ताव

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन विधानअनुसार २०८२ मंसिर मसान्तभित्र गर्न प्रस्ताव गरेका छन् । 

पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बिहीवार जारी केन्द्रीय कमिटीको बैठकमा महामितिमा प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै थापाले महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् । 

‘महामन्त्री थापाले विधानबमोजिम २०८२ मंसिर मसान्तभित्र १५ औं महाधिवेशन गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ,’ बैठकस्थलबाटै कांग्रेसका केन्द्रीय अजयबाबु सिवाकोटीले लोकान्तरसँग भने, ‘जिल्ला अधिवेशन २०८२ असोज र सात प्रदेशको अधिवेशन कात्तिक मसान्तमा गर्न प्रस्ताव गरिएको छ ।’

विधानले प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने उल्लेख गरेकाले थापाले यसमै टेकेर महाधिवेशन गर्नुपर्ने विषयलाई केन्द्रीय समितिमा प्रस्तुत गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्