
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले समसामयिक राजनीति र संगठनात्मक विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहीवार बसेको सचिवालय बैठकले आगामी फागुन ८ देखि १० गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
बैठकमा यसअघि भएको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानको पनि समीक्षा हुने उनको भनाइ छ ।
सरकारले जनताका मुद्दा सम्बोधनमा कुनै अग्रसरता नदेखाएको भन्दै एमालेले केन्द्रीय कमिटीको बैठकमा जनपरिचालन गर्ने विषयलाई समेत एजेण्डा बनाएको छ ।
एमालेले यसअघिदेखि नै सरकारविरुद्ध आन्दोलन गर्ने बताउँदै आएको थियो ।