
विशेष अदालतले ६५ जनाको नाममा रहेको ललिता निवासको जग्गा जफत गरिने फैसला सुनाएको छ ।
विशेष अदालतका सदस्यहरू डा खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीवार ६५ जना जग्गाधनीहरूको जग्गा जफत हुने आदेश गरेको हो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बिहीवार साँझ पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएका हुन् ।
‘विभिन्न तहका आरोपपत्रमा उल्लेखित कल्पना तुलाधरसमेत ६५ जना व्यक्तिहरूका नाममा दर्ता भएका जग्गासमेत जफत हुने ठहर्छ,’ विशेष अदालतको फैसलामा पनि उल्लेख छ ।
ललितानिवास जग्गा प्रकरणमा तत्कालीन मालपोत अधिकृतहरू कलाजर देउजा, सुरेन्द्रमान कपालीसहित १२ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

