
उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थीले इन्टरनेसनल इन्भेस्टिगेटिभ अवार्ड पाएका छन् ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा काम गर्दै आइरहेको उक्त संस्थाले डीएसपी पन्थीलाई उक्त पुरस्कारबाट सम्मानित गरेको हो ।

डीएसपी पन्थी अहिले मानव बेचबिखन अनुसन्धान ब्युरोबाट सरुवा भएर उपत्यका अपराध अनुसन्धान कार्यालयमा आएका छन् । यद्यपि, उनलाई सन् २०२३ मा मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा उत्कृष्ट भएको भन्दै उनलाई किन इन्डियाले अवार्डका लागि छनोट गरेको थियो ।

उक्त अवार्ड लिन संस्थाले उनलाई भारतको दिल्लीस्थित नेपाली राजदूतावासकाे आयोजनामा गरिएको कार्यक्रममा आमन्त्रण गरेको थियो । तर आफू जान असमर्थ भएको पन्थीले जानकारी दिए । यसैकारण उनलाई बिहीवार उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरको उपस्थितिमा संस्थाका अध्यक्ष नवीन जोशी र सल्लाहकार इन्द्रराज भट्टराईसहितको टोलीले उक्त अवार्ड हस्तान्तरण गरेको थियो ।