३० असार २०८३, मंगलबार

गोली प्रहारबाट महिला प्रहरीको मृत्यु, गोली हान्ने पनि प्रहरी

फागुन ३, २०८०
दाङ
गोली प्रहारबाट महिला प्रहरीको मृत्यु, गोली हान्ने पनि प्रहरी

दाङको घोराहीमा एक जना प्रहरी जवानले प्रहार गरेको गोली लागेर महिला प्रहरी जवानको मृत्यु भएको छ  । दाङको घोराही –१५ दामोदार चोक नजिक बिहीबार साँझ प्रहरी जवान यमबहादुर झाँक्रीले ‘डिउटी’मा रहेकी धनमाया थापामगरलाई गोली प्रहार गरेका थिए । 

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।

गोली लागेर ज्यान गुमाएकी थापामगर वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत थिइन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार घटनास्थलमा तीन राउण्ड गोली चलेको थियो ।

महिला प्रहरीमाथि गोली चलाउने झाँक्रीलाई लमही नगरपालिका–६ अर्जुनखोलाबाट पक्राउ गरिएको छ । झँक्री नेपालगञ्जमा कार्यरत छन् । 

salt training

कमेन्ट गर्नुहोस्