२४ असार २०८३, बुधबार

उम्मेदवार बन्न कर्मचारीको लर्काे, कुन दलबाट को ?

कात्तिक २०, २०७४
उम्मेदवार बन्न कर्मचारीको लर्काे, कुन दलबाट को ?
काठमाडौं, २२ असोज- राजनीति तथा राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन नपाउने निजामती ऐनको स्पष्ट प्रावधानलाई चुनौती दिँदै दर्जनौं कर्मचारी प्रदेशसभा एवं केन्द्रीय संसद्का लागि दलका तर्फबाट समानुपातिकमा धमाधम सिफारिसमा परेका छन् ।
विभिन्न दलबाट दर्जनौं कर्मचारी आसन्न दुवै सभा नर्वाचनका लागि समानुपातिकमा सिफारिसमा परिसकेका छन् भने सिफारिसमा पर्ने क्रम जारी रहेको कर्मचारीसम्बद्ध संगठनले बताएका छन् । ती कर्मचारीले निजामती सेवा ऐनविपरीत राजनीतिमा प्रत्यक्ष रूपमा सहभागी हुने उद्देश्यसाथ आफू निकटको दललाई प्रभावमा पारी समानुपातिकबाट सिफारिस गर्न लगाएका हुन् । कर्मचारीकै रुचि र दबाबमा उनीहरूनिकट दलले धमाधम सिफारिस गर्न थालेको स्रोतले जनाएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकले तयार पारेको ति सूची हेर्नुहोस्

karmachari

salt training

कमेन्ट गर्नुहोस्