२७ जेठ २०८३, बुधबार

नेपाली महिला टोली मलेसियासँग पराजित, टी-ट्वान्टी एसिया कपमा छनोट हुन असफल

फागुन ४, २०८०
काठमाडौं
नेपाली महिला टोली मलेसियासँग पराजित, टी-ट्वान्टी एसिया कपमा छनोट हुन असफल

नेपाली महिला क्रिकेट टीम टी-ट्वान्टी महिला एसिया कपमा छनोट हुन असफल भएको छ ।

एसीसी वुमन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित हुँदै नेपाल छनोट हुन असफल भएको हो ।

नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

मलेसियाको जीतमा एल्सा हन्टरले सर्वाधिक ६९ रनको योगदान गरिन् । यो हारसँगै प्रतियोगितामा नेपालको यात्रा टुंगिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्