०२ साउन २०८३, शनिबार

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

फागुन ५, २०८०
काठमाडौं
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

 राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने  भएको छ। 

बैठकमा  केन्द्रीय कार्य समितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई–मधेस क्षेत्रमा सञ्चालन गरिएको प्रशिक्षणको  समीक्षा, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्ययोजना तथा आन्दोलन र बृहत् राष्ट्रवादी मोर्चा निर्माणका बारेमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

उनका अनुसार पार्टी अध्यक्ष कमल थापाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशा बारे धारणा राख्नेछन्। 

यस अघि बसेको पार्टी केन्द्रीय समिति बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको बाटो असफल भएकोले व्यवस्था र प्रणाली परिवर्तन गर्नको लागि आन्दोलनमा जाने निर्णय  गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्