२४ असार २०८३, बुधबार

सत्तरी फरार अभियुक्त पक्राउ

कात्तिक २०, २०७४
सत्तरी फरार अभियुक्त पक्राउ

 


सुरुङ्गा, झापा, २२ असोज (रासस) ः जिल्ला प्रहरी कार्यालयले ७० फरार अभियुक्तलाई पक्राउ गरेको छ । 

झापा जिल्ला अदालतले विभिन्न अपराधमा संलग्न भएको पुष्ठी गर्दै कैद तथा जरिवाना सुनाएसँगै फरार भएका अभियुक्तलाई प्रहरीले दुई महिनाको अवधिमा जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेकोे प्रहरी उपरीक्षक विष्णुकुमार केसीले बताउनुभयो । 

चाडपर्वको मौका छोपी घर आएको समयमा १० फरार अभियुक्तलाई एकै दिन पक्राउ गर्न प्रहरी सफल उहाँको भनाइ छ । 

अदालतको फैसला पछि फरार सूचीमा रहेका थप अभियुक्तको खोजीका लागि जिल्लाका प्रत्येक इलाका, चौकी र वडाका इञ्चार्जलाई निर्देशन दिएइको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्