३१ जेठ २०८३, आइतबार

बलात्कार आरोपमा ४० वर्षीय पुरुष पक्राउ

फागुन ५, २०८०
कञ्चनपुर
बलात्कार आरोपमा ४० वर्षीय पुरुष पक्राउ

कञ्चनपुरमा ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।​

पक्राउ पर्नेमा बेलौरी नगरपालिका ७ टेडीया बस्ने ४० वर्षीय हरिचन्द्र राना छन् । उनलाई शनिवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रानाले ती महिलालाई गत माघ २३ गते बेलौरी नगरपालिका ७ पौलाहस्थित उखुबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।

सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्