२९ असार २०८३, सोमबार

युक्रेनले अवडिभकाबाट सेना फिर्ता गर्दै

फागुन ५, २०८०
काठमाडौं
युक्रेनले अवडिभकाबाट सेना फिर्ता गर्दै

युक्रेनले अग्रपंक्तिमा रहेको पूर्वी शहर अवडिभकाबाट सेना फिर्ता गर्न आदेश दिएको युक्रेनी सशस्त्र बलका कमाण्डर-इन-चीफ ओलेक्सान्डर सिर्स्कीले शनिबार  बताएका छन् । 

"घेराबाट बच्न र सेवाकर्मीहरूको जीवन र स्वास्थ्यको रक्षा गर्न, मैले शहरबाट हाम्रा सैनिक एकाइहरू फिर्ता लिने निर्णय गरें," सिर्स्कीले फेसबुकमा  लेखेका छन् । 

उनले युक्रेनका लागि सैनिकको जीवन सबैभन्दा महत्त्वपूर्ण रहेकोमा जोड दिएका छन् ।  युक्रेनी सेनाले जटिल  सुरक्षा स्थितिलाई स्थिर बनाउन विभिन्न उपायहरू गरिरहेको  पनि  सिर्स्कीले उल्लेख गरेका छन् । 

यसै हप्ताको शुरुमा स्थानीय सञ्चार माध्यमले रूसी सेनाहरूले युक्रेनी सेनासँग भीषण लडाइँ पछि डोनेट्स्क क्षेत्रको औद्योगिक शहर अवडिभकामा पकड बलियो बनाएको जनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्