२६ जेठ २०८३, मंगलबार

इरानमा एक व्यक्तिले गरे आफ्नै परिवारका १२ जनाको गोली हानी हत्या

फागुन ५, २०८०
काठमाडौं
इरानमा एक व्यक्तिले गरे आफ्नै परिवारका १२ जनाको गोली हानी हत्या

तेहरान–दक्षिणपूर्वी इरानी प्रान्त केरमानमा शनिवार बिहान एकजना व्यक्तिले आफ्नै परिवारका १२ जना सदस्यको गोली हानी हत्या गरेका छन् । साथै अन्य तीन जनालाई घाइते बनाएको इरानको अर्ध–सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ।

घटना स्थानीय समयअनुसार बिहान ४ः३० बजे फर्याब काउन्टीमा भएको हो ।  २५ वर्षीय हतियारधारी व्यक्तिले दुई वटा घरमा रहेका आफ्ना दुई सौतेनी दाजुभाइ र उनीहरूका परिवारका सदस्यहरूमाथि गोली चलाएको  जनाकारीमा आएको छ ।  तस्निमले केरमानका प्रहरी कमाण्डर नासेर फरशीदलाई उद्धृत गर्दै सो जानकारी दिएका हुन् ।

केरमानको न्याय विभागका प्रमुख इब्राहिम हमीदीले उक्त व्यक्तिले आफ्नो बुबा लगायतका परिवारका सदस्यहरूलाई मार्न कलश्निकोभ राइफल प्रयोग गरेको  बताएको सरकारी समाचार एजेन्सी इरनाले बताएको छ।

salt training

कमेन्ट गर्नुहोस्