२८ असार २०८३, आइतबार

साउदी अरबको राजदरबारमा गोलीबारी, तीनको मृत्यु

कात्तिक २०, २०७४
साउदी अरबको राजदरबारमा गोलीबारी, तीनको मृत्यु

काठमाडौं, २२ असोज — साउदी अरबको अल–सलाम राजदरबारमा शनिवार एके–४७ राइफल लिएर पसेको एक व्यक्तिले गोलीबारी गर्दा दुई गार्डको मृत्यु भएको छ । पछि अन्य गार्डहरूले उक्त व्यक्तिलाई गोली हानेर मारेका छन् ।


आक्रमणकारी २८ वर्षीय मन्सूर अल–आमरी भएको बताइएको छ । ऊ साउदी नागरिक भएको थाहा भएको छ ।

साउदी अरबको गृह मन्त्रालयको सुरक्षा प्रवक्ताका अनुसार, आक्रमणकारीले राजदरबारको पश्चिमी गेटमा गोलीबारी गरेको थियो । दुई गार्डको मृत्यु भएको थियो भने तीन मानिस घाइते भएका थिए ।

यसैबीच साउदी अरबमा रहेको अमेरिकी दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई सचेत रहन चेतावनी जारी गरेको छ ।

आक्रमणको कारण थाहा हुन सकेको छैन । तर यसमा इस्लामिक स्टेट आतंकवादी संगठनको हात हुन सक्ने बताइएको छ ।

राष्ट्रिय सुरक्षा नियोगका अनुसार, साउदी प्रहरीले यही हप्ता आतंकवादी संगठन आईएसका केही अड्डामा छापा मारेर दुईजनाले मारेको अनि पााचजनालाई पक्राउ गरेको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्