
आठ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट सडक मर्मत शुुल्कबापत ४० अर्ब रुपियाँ सङ्कलन भएको छ । नेपाल आयल निगमले आर्थिक वर्ष २०७२/७३ देखि आव २०७९/८० सम्म ४० अर्ब २८ करोड रुपियाँ सङ्कलन गरेको हो ।
यस अनुसार बर्सेनि औसत पाँच अर्ब रुपियाँ शुल्क उठ्ने गरेको हो । सरकारले सडक मर्मत दस्तुुरबापत प्रतिलिटरमा पेट्रोलमा चार रुपियाँ र डिजेलमा दुई रुपियाँ सङ्कलन गर्छ जुुन सिधै सरकारको खातामा जम्मा हुने गर्छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भन्सारबिन्दुमै सडक मर्मत दस्तुुर सङ्कलन गरी सरकारको खातामा जम्मा हुने गरेको जानकारी दिए । गोरखापत्रमा खबर छ ।