×

NMB BANK
NIC ASIA

एमालेको जिल्ला अधिवेशन

एमालेको कैलाली अधिवेशनः सहमतिको सम्भावना न्यून, जोशीले भने दाबी छोड्न सक्ने

धनगढी | फागुन ६, २०८०

NTC
तस्वीरमा क्रमशः यज्ञराज ढुङ्गाना, डेजी पाण्डे र दुर्गा जोशी ।
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कैलालीको जिल्ला अधिवेशन आजबाट शुरू हुँदैछ । जिल्लाको मध्य क्षेत्र सुखडमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले आजै बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटनपछि अधिवेशनको पनि उद्घाटन गर्ने बताइएको छ । 

Muktinath Bank

आज र सोमवार हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षका लागि तीन जनाको दाबी परेपछि सहमतिको सम्भावना लगभग सकिएको छ । यद्यपि, कैलाली जिल्ला कार्यवाहक अध्यक्ष दुर्गा जोशीले अन्तिम समयमा दाबी छोड्न सक्ने स्रोतले बताएको छ ।‘


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तीनजना उम्मेदवारमध्ये सहमतिका लागि हुने छलफलमा जोशीले दुई उम्मेदवारमध्ये एक जनालाई समर्थन गर्ने गरी आफ्नो दाबी छोड्न सक्नुहुन्छ । उहाँको पक्षमा प्रतिनिधिबीच माहोल पनि धेरै छैन,’ एकजना प्रतिनिधिले भने ।


Advertisment
Nabil box
Kumari

जोशीले दाबी छोडेमा अध्यक्ष पदका लागि पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गाना र कैलाली जिल्ला सचिव डेजी पाण्डेबीच मुख्य प्रतिस्पर्धा हुनेछ । 

Vianet communication

‘ढुङ्गाना र पाण्डेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । एकले अर्कालाई समर्थन गर्न सक्ने अवस्थामा उहाँहरू हुनुहुन्न । यस्तो अवस्थामा सहमतिको प्रयासले पुग्दैन, निर्वाचन नै हुन्छ होला,’ एक नेताले भने । 

ढुङ्गाना र पाण्डे दुवैको पर्खेली घर अछाम हो । कैलालीमा पनि उनीहरू एउटै लम्कीचुहा नगरपालिका- ९ प्रतापुरका बासिन्दा हुन् । यद्यपि अहिले भने ढुङ्गाना धनगढी बस्छन् भने पाण्डे प्रतापुरकै निवासी हुन् । ढुङ्गाना र पाण्डेका बीचमा मुख्य प्रतिस्पर्धा हुँदा जोशी निर्णायक बन्नेछन् । जोशीले दुईमध्ये जसलाई समर्थन गर्छन् उही कैलाली जिल्ला अध्यक्षमा निर्वाचित हुने नेताहरूबीच चर्चा भइरहेको सुनिन्छ । अधिवेशन सोमवार सकिनेछ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x