×

NMB BANK
NIC ASIA

अधिवेशनको सरगर्मी

एमाले कैलाली अधिवेशन : केन्द्रीय नेताको तीनथरि लबिङ, अध्यक्षमा त्रिपक्षीय भिडन्त

धनगढी | फागुन ५, २०८०

NTC
तस्वीरमा क्रमशः यज्ञराज ढुङ्गाना, डेजी पाण्डे र दुर्गा जोशी ।
Premier Steels

नेकपा (एमाले) कैलालीको नेतृत्व लिन तीन पक्षबीच आन्तरिक संघर्ष चलिरहेको छ । जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न एमालेका तीन केन्द्रीय नेताहरू लबिङ गरिरहेका छन् । केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारी जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न लबिङ गरिरहेका छन् । आफू निकटका नेतालाई जिल्ला अध्यक्ष बनाउन उनीहरूबीच रस्साकस्सी चलिरहेको छ ।

Muktinath Bank

​​एमाले कैलालीको नवौं अधिवेशन नजिकिँदै जाँदा प्रतिस्पर्धा झन् रोचक बनेको हो । केन्द्रीय नेताहरूले आफू निकटलाई प्रतिस्पर्धी खडा गरेका छन् । तीन कैलालीको नेतृत्वका लागि नेता तीन आकांक्षी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय सचिव भट्टले कार्यवाहक अध्यक्ष दुर्गा जोशीलाई च्यापेका छन् । जोशी र भट्टको पहाड घर डोटी नै हो । निर्वाचनमा निर्णायक बन्दै आएको डोटी ‘फ्याक्टर’ले जोशीका पक्षमा भोट दिने प्रस्ट छ । भट्टका स्वकीय सचिव हितेस ओझा पनि कैलाली जिल्ला सचिव पदमा दाबेदार छन् । 


Advertisment
Nabil box
Kumari

स्थायी कमिटी सदस्य कर्ण थापाले भने कैलाली जिल्ला सचिव डेजी पाण्डेलाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन् । थापाको बाजुरा र पाण्डेको पुर्ख्यौली घर अछाम हो । बाजुरेली र अछामी समुदायसँगै कैलालीको पूर्वी क्षेत्रको भोट पाण्डेलाई आउने आकलन गरिएको छ । पाण्डे समूहबाट कैलालीका उपसचिव रहेका ममताप्रसाद चौधरी सचिव पदका दाबेदार छन् ।

Vianet communication

एमाले केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश पूर्वअध्यक्ष दामोदर भण्डारीले भने अध्यक्षका लागि पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गानालाई अघि सारेका छन् । यहाँ बैतडी र अछाम फ्याक्टरले काम गर्ने अनुमान छ । बैतडी घर रहेका भण्डारीले अध्यक्षमा सघाइरहेका ढुङ्गानाको पुर्ख्यौली घर भने अछाम हो ।

null

उनको टिमबाट सचिव पदमा बैतडी समुदायकै विष्णु चन्द र आनन्दप्रसाद भट्ट आकांक्षी छन् । केन्द्रीय सचिव भट्ट र केन्द्रीय कमिटी सदस्य भण्डारी एमाले महासचिव शंकर पोखरेलसँग निकट छन् भने स्थायी कमिटी सदस्य कर्ण थापा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग निकट छन् । उम्मेदवार र नेताहरूबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको कैलालीमा कसले बाजी मार्छन् त्यसका टुङ्गो भने फागुन ६ र ७ गते सुखडमा हुने नवौं अधिवेशनले लगाउने छ । 

कैलालीमा त्रिपक्षीय प्रतिस्पर्धा 

फागुन ६ र ७ गते हुने कैलाली जिल्ला अधिवेशनका लागि मुख्यतया त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । अध्यक्ष पदका लागि यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डे गरी तीन जनाले दाबी गरेका छन् । ढुङ्गाना पूर्वप्रदेश कमिटी सचिवालय सदस्य हुन् भने जोशी कैलालीको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुन् । 

उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन् ।

सचिवमा हितेस ओझा, ममताप्रसाद चौधरी, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदीगरी सचिवमा १२ जनाले उम्मेदवारी दिने तयारीमा छन् । 

२ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन् । उपसचिवका लागि धिमलाल जोशी, राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक,  ध्रुवबहादुर भण्डारीले दाबी गरेका छन् । 

त्यस्तै खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुँवर गणेश बुढासुरज परियारले पनि उपसचिवमा इच्छा देखाएका छन् ।

सहमतिको सम्भावना सकिँदै, चुनाव जित्ने तीनैकाे दाबी

आकांक्षीहरू धेरै देखिँदा सर्वसम्मत पदाधिकारी चयन हुने सम्भावना क्षीण बनेको छ । तर, सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास भने भइरहेको नेताहरू बताउँछन् । एमाले पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्ना सहमतिमै नेतृत्व चयन गर्न प्रयास भइरहेको बताउँछन् । ‘सकेसम्म प्रतिस्पर्धा नगराउने हाम्रो चाहना हो । त्यसैले नै अधिवेशनअगावै आकांक्षीबाट इच्छा पत्र मागेका हौं,’ उनले भने, ‘आकांक्षीहरू स्पष्ट देखिएका छन् । हामी सहमतिका लागी छलफल गर्दै छौं ।’

null

स्वयं उम्मेदवारहरू भने सहमतिबाट नेतृत्व चयन हुने सम्भावना नभएको बताउँछन् । अध्यक्षका दाबेदार यज्ञराज ढुङ्गाना भन्छन्, ‘के आधारमा सहमति गर्ने ? अहिलेको नेतृत्वमा रहेका पदाधीकारीहरूले कैलाली जिल्लामा एमालेलाई ध्वस्त बनाएका छन् । कमजोर नेतृत्वकै कारण २०७९ को निर्वाचनमा एमालेले विरासत गुमाएको छ । अहिलेको नेतृत्वबाट पार्टी बलियो हुन सक्दैन । गुमेको विरासत जोगाउन मैले नै नेतृत्व गर्नु पर्छ ।’ 

कार्यकर्ता र प्रतिनिधीहरूकै इच्छा बमोजिम अध्यक्षमा दाबी गरेकोले विजय निश्चित रहेको ढुङ्गानाको दाबी छ । एमाले कैलालीका कार्यवाहक अध्यक्ष एवं अध्यक्ष पदका आकाक्षी दुर्गाप्रसाद जोशीले पनि सङ्गठनलाई मजबुत बनाउन नेतृत्व गर्न तयार रहेको बताए । ‘तत्कालीन अध्यक्षले राजीनामा दिएपछि विषम परिस्थितिमा जिल्लाको नेतृत्व मैले सम्हालेको हो । मैले नेतृत्व गरेपछि पार्टीलाई नगरबाटै बलियो बनाउँदै लगेको छु,’ उनले भने, ‘कैलालीमा एमालेलाई पहिलो पार्टी बनाउन फेरि एक पटक मैले नै नेतृत्व गर्नुपर्छ ।’ 

एमाले कैलाली सचिव डेजी पाण्डे पनि नवौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा आफ्नो जीत निश्चित रहेको दाबी गर्छन् । ‘प्रतिकूल समयमा पनि सिङ्गो गठबन्धनसँग प्रतिस्पर्धा गरेर कैलालीका–२ पालिकामा जीत निकालेका छौं । जनता र कार्यकर्ताको भावनाअनुसार काम गर्न सक्छु । उहाँहरूको राम्रो साथ छ । सकेसम्म मैरै नाममा सहमति हुन्छ । नभए पनि मैले चुनाव जित्छु,’ पाण्डेले भने । 

अधिवेशनका लागी १५० सदस्यीय कमिटी बनाइएको छ भने ५६० जना प्रतिनिधि छनोट भइसकेका छन् । कैलालीको सुखडमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यतालिका छ । 

कुन जिल्लामा कहिले हुँदैछ अधिवेशन ?

९ जिल्ला रहेको सुदूरपश्चिममा हालसम्म दार्चुला जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ । गत पुसमा सम्पन्न अधिवेशनबाट ज्ञानेन्द्रबहादुर घर्तीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको थियो । बाँकी ८ जिल्लामध्ये बझाङबाहेक सबै जिल्लामा अधिवेशनको मिति तोकिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले बताए । उनका अनुसार कैलालीमा फागुन ६ र ७ गते सुखडमा र कञ्चनपुरमा चैत्र १ र २ गतेका लागि अन्तिम मिति तोकिएको छ । 

यस्तै, बाजुरामा फागुन १६ र १७, डडेल्धुरामा फागुन २७ र २८, बैतडीमा फागुन २९ र २९, डोटीमा चैत्र २ र ३ गते र अछाममा चैत्र १९ र २० गते का लागि जिल्ला अधिवेशनको मिति तय गरिएको छ । ‘कैलालीमा सबै तयारी सकिएको छ । कञ्चनपुरमासहित अन्य जिल्लामा पनि तयारी भइरहेको छ  । बझाङमा भने उप–निर्वाचनपछि मात्रै जिल्ला अधिवेशनको मिति तोक्छौँ,’ जोशीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x