१० साउन २०८३, आइतबार

संसद्‌मा हिजोको घटनाबारे ओलीको कटाक्ष– सरकारबाट मैले हटाइदिएको भन्ने रिस होला !

जेठ ४, २०८१
काठमाडौं
संसद्‌मा हिजोको घटनाबारे ओलीको कटाक्ष– सरकारबाट मैले हटाइदिएको भन्ने रिस होला !
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूमाथि रिस पोखेको टिप्पणी गरेका छन् । शुक्रबार बिहान संसद्‌भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै ओलीले सरकारबाट मैले नै हटाइदिएको भन्ने परेर रिस पोखेको कटाक्ष गरे । 'मैले सरकारबाट हटाई दिएको भन्ने परेर होला नि,' कांग्रेस किन आक्रामक भयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले भने ।

उनले कांग्रेस सांसदहरूले संसद्मा उत्ताउलो पन देखाएको समेत आरोप लगाए । 'भिडन्त भएन । कांग्रेसीहरूले उत्ताउलो पन देखाए । म बसेको ठाउँमा आएर होहल्ला गरे । अपशब्द बोले,' हिजोको घटनालाई कसरी लिनुभएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने ।

बिहीबारको संसद् बैठकमा कांग्रेसको अवरोधबीच सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबीच धकेलाधकेल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्