१० साउन २०८३, आइतबार

दिगोको डीएफएसके डाँफेको राष्ट्रिय साझेदारमा ग्रीन अटोमोबाइल्स

फागुन ६, २०८०
काठमाडौं
दिगोको डीएफएसके डाँफेको राष्ट्रिय साझेदारमा ग्रीन अटोमोबाइल्स

​​​दिगो ग्रुपले डीएफएसके डाँफे (ईसी ३६) को बिक्री वितरण गर्न ग्रीन अटोमोबाइल्ससँग सम्झौता गरेको छ ।

सम्झौतासँगै अब ग्रीन अटोमोबाइल्सले डीएफएसके डाँफे (ईसी ३६)को नेपालभर बिक्री वितरण गर्नेछ ।​​​

अटोमोबाइल्ससँगको सहकार्यले आधुनिक यातायात आवश्यकताका लागि पर्यावरण - मैत्री र नवीन समाधानहरू उपलब्ध गराउने दिगोले जनाएको छ ।​

एनईभी नेपाल विगत ४ वर्षदेखि डीएफएसके डाँफे बहुउपयोगी ११ सिटर इलेक्ट्रिक मिनिभ्यान बिक्री र वितरण गर्दै आएको छ।​

null

डीएफएसके नेपालमा सार्वजनिक यातायातका लागि प्रयोग हुने पहिलो ११ सिटर इलेक्ट्रिक मिनिभ्यान हो ।

यसमा विद्युतीय इन्जिन भएकोले उत्कृष्ट आर्थिक फाइदा दिने र विगत केही वर्षदेखि यात्रा, विद्यालय र व्यावसायिक उद्देश्यका लागि प्रयोग भइरहेको छ।

यसलाई विद्यालयका साथै व्यावसायिक यात्रा मार्गद्वारा राम्रोसँग अपनाएको छन् र दिगोपन र शून्य कार्बन उत्सर्जन, लामो दायरा र कम सञ्चालन लागतमा योगदानको कारण सकारात्मक रूपमा लिइएको छ।

हालसम्म २,९०,००० किलोमिटर र ४ं वर्ष सफलतापूर्वक सञ्चालन भएको यो नेपालको एक मात्र विद्युतीय सवारी साधन हो ।

salt training

कमेन्ट गर्नुहोस्