३० जेठ २०८३, शनिबार

जब सांसदले प्रधानमन्त्री र मन्त्रीलाई झस्काउने गरी रोस्ट्रमबाटै चेतावनी दिए

फागुन ६, २०८०
काठमाडौं
जब सांसदले प्रधानमन्त्री र मन्त्रीलाई झस्काउने गरी रोस्ट्रमबाटै चेतावनी दिए
फाइल फोटो

नेपाल मजदूर किसान पार्टी (नेमकिपा) सांसद प्रेम सुवालले राष्ट्रघाती काम गर्ने मन्त्रीलाई आफ्नै बडीगार्डले गोली हानेका धेरै उदाहरण रहेको भन्दै प्रधानमन्त्री र मन्त्रीहरूलाई चेतावनी दिएका छन् । 

आइतवार प्रतिनिधिसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश (२०८०) माथि विरोधको सूचना दिन संसद्को रोस्टममा उभिएका सुवालले राष्ट्रघाती काम नगर्न मन्त्रीहरूलाई चेतावनी दिएका हुन् । 

‘देशघाती काम गर्ने प्रधानमन्त्री–मन्त्रीलाई आफ्नै बडीगार्डले गोली हानेको संसारमा धेरै उदाहरण छन्, याद गर्नुहोला, होसियार रहनुहोला !’ सुवालले भने । 

सांसद सुवालले देशका नदीनाला विदेशी कम्पनीलाई सुम्पनु पनि देश बेचेसरह हुने टिप्पणी गरे । 

‘बजेट बनाउने सन्दर्भमा अर्थमन्त्रीले विदेशी दलालसँग सुझाव लिन पाइँदैन, दलालको कुरा सुनेर देश राम्रो हुँदैन । लगानी सम्मेलनका नाममा साम्राज्यवादी र पूँजीपति देशका कम्पनी भित्र्याउनु हुँदैन । उनीहरूसँग मानवता हुँदैन । देश बेच्नु भनेको उठाएर बेच्नु मात्र होइन, विदेशी कम्पनीलाई खोला नाला बेच्नु पनि हो ।’ 

सुवालले यस्तो भनिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि संसद् बैठकमै थिए ।

विरोधको सूचनामाथि जवाफ दिने क्रममा अर्थमन्त्री प्रकाशशरण महतले सुवालले उठाएका धेरै विषयवस्तु विधेयकसँग सरोकार नराख्ने खालको रहेको टिप्पणी गरे ।

salt training

कमेन्ट गर्नुहोस्