
क्यानडा-११ सँगको एकदिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले आज दोस्रो खेल खेल्दै छ । खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ ।
तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए ४ विकेटले पराजित भएको थियो ।
तेस्रो तथा अन्तिम अभ्यास खेल बिहीबार हुनेछ । त्यसपछि क्यानडा युएई जानेछ ।
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज यूएईअघि क्यानडाले नेपालमा आएर तयारी गरेको हो ।