
अब नेपालीहरूले पनि सहजै भारतीय सिमकार्ड पाउने भएका छन् । नेपाली नागरिकहरूले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सिमकार्ड लिन सक्ने भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले जानकारी दिएका छन् ।

यसअघि नेपाली नागरिकहरूले भारतीय सिमकार्ड पाउँदैनथे । भारत पुगेका नेपालीहरूले भारतीय नागरिककै सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो ।
‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सिमकार्ड दिन अस्वीकार गरिएको थियो । हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ,’ डा. शर्माले एक्समा लेखेका छन् ।
Great news! Nepali nationals can now obtain a SIM card on the basis of their passport, Citizenship Certificate, voter's ID, or ID issued by the Embassy. Citizens of🇳🇵were denied a SIM card earlier due to technical reasons.
— Dr. Shankar P Sharma (@DrShankarSharma) February 20, 2024
Our request was processed quickly by MEA and the MoC, 🇮🇳 pic.twitter.com/ohPLyApIv1