२९ असार २०८३, सोमबार

एक महिनामै ६०० बढी श्रीलंकाली इजरायल प्रस्थान

फागुन ८, २०८०
काठमाडौं
एक महिनामै ६०० बढी श्रीलंकाली इजरायल प्रस्थान

कोलम्बो - जनवरीमा ६०० भन्दा बढी श्रीलङ्कालीहरू कृषि क्षेत्रको कामका लागि इजरायल गएको श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सोमबार सञ्चारमाध्यमलाई बताएका छन् । 

उनले गत जनवरीमा ६०२ जना श्रीलङ्काली कृषि कार्यका लागि श्रीलङ्ला गएको बताएका छन् । 

मन्त्रीले छिट्टै इजरायली कृषि मन्त्रीलाई भेटेर त्यहाँ कृषि मजदुर पठाउने औपचारिक सम्झौतामा हस्ताक्षर गर्ने  जनाकारी दिए । नानायक्काराले गत वर्ष १ हजार ७० श्रीलङ्कालीहरू हेरचाहकर्ताको रूपमा इजरायलमा रोजगारीका लागि गएको पनि जानकारी दिए । 

इजरायल आधुनिक प्रविधियुक्त कृषि प्रणालीका लागि विश्वविख्यात छ ।

salt training

कमेन्ट गर्नुहोस्