
क्यानडा-११ सँगको एकदिवसीय अभ्यास खेलअन्तर्गत दोस्रो खेलमा नेपालले २४१ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडा १ एक बल बाँकी छँदै २४० रनमा अलआउट भयो ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा शुरू नेपालले टस जितेर बलिङ रोजेको थियो ।
नेपाल ‘ए’ ले एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा-११ बाट २ सय ४१ रनको बलियो लक्ष्य पाएको छ ।
श्रेयस मोभालेउत्कृष्ट ब्याटिङ गर्दै ८२ बलमा ६८ रन जोडे ।
नेपालका लागि साहब आलमले ३ विकेट लिए । शेर मल्ल र राशीद खानले २-२ तथा सागर ढकाल र बसिर अहमंदले १-१ विकेट लिए ।