
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असली राजतन्त्र २०५८ सालमै समाप्त भए पनि केही व्यक्ति आफ्नो दुनो सोझ्याउन राजा ल्याउने भनेर लागिपरेको बताएका छन् । गठबन्धनको असफलताका कारण दक्षिणपन्थीले टाउको उठाउने काम गरेको उनले बताए ।
एमाले केन्द्रीय समितिको सातौं बैठकमा उद्घाटन मन्तव्य राख्दै ओलीले सरकारको असफलताका कारण जनताले फालेको राजतन्त्र फेरि ल्याउने मिठो सपना देखेर हिँडिरहेको बताएका हुन् ।
‘अहिले गएको राजतन्त्र नक्कली हो, सक्कली राजतन्त्र २०५८ सालमा गएको थियो । राजाको जेठो छोरो राजा हुने परम्परा हो । वंशविनाश गरेर राजतन्त्र सिद्धिइसकेपछि कि लिगलिगमा जानु पर्यो। त्यतिबेलाको राजनीतिक नेतृत्वको कमजोरीले गर्दा जालझेल गरेर ज्ञाजेन्द्रलाई राजा बनाइएको हो । मैले यसअघि पनि भनेको थिएँ, कुशको राजा बनाइएको हो । गैर संवैधानिक ढंगले बनाइएको कुशको राजतन्त्र २०६३ को आन्दोलनको रापतापले बिदा गर्यो,’ ओलीले भने ।
गठबन्धनको असफलताले एकातिर नयाँ शक्ति स्वतन्त्र पार्टी भन्दै केही जन्मेको ओलीले टिप्पणी गरे ।